आज सभामुख र उपसभामुखको चुनाव हुने भएको छ । केही दिनपछि राष्ट्रपतिको समेत चुनाव हुने निश्चित प्राय ः देखिन्छ । नेपालको परिवर्तीत राजनीतिक सन्र्दभलाई हेर्ने हो भनेपनि नेपाली जनताहरु समेत अन्यौलमा परेका छन । संविधान जारी गर्नेबेलामा निकै एकमत देखाएका नेपालका राजनीतिक दलमध्येका तीनवटा दलहरु एकाएक परिवर्तन भए । विगतमा गरिएका भद्र सहमतीहरु तोडीए । तराईको आन्दोलन देखाउँदै भारततर्फबाट एकाएक नाकाबन्दी सुरु भयो । यो भन्दा पहिलाको तराईका विभिन्न अन्दोलनको तुलना गर्ने हो भने अँझै ठूला घटनाहरु हुँदा समेत भारतले असुरक्षा भन्दै नाकाबन्दी गरेको कँही कतै सुनिएका थिएनन । संविधान जारी भएकै दिनदेखि भारतले लगायतको अघोषित नाकाबन्दीले आम नेपाल र नेपालीहरुमाथि राष्ट्रभाव झनै कडा बनायो । कसलाई कति फाईदा र कसलाई कति घाटा भन्ने कुरा त आगामी दिनहरुमा देखिदै जानेछन् । जनताहरुले त्यसको मुल्याँकन गरेका छन् । निकै मेहेनती र राष्ट्रियतामा अडिक मानिएका पुर्व प्रधानमन्त्री शुशिल कोईरालाको बारेमा अहिले काँग्रेस भित्रै भिन्न भिन्न चर्चा र परिचर्चा हुन थालेका छन् । त्यागी नेताले निकै लामो संघर्ष पश्चात बनाएको उचाई एकाएक घटाउने मात्रै काम भएन । नेपालमा संस्थागत गर्नुपर्ने संविधानको बिषयमा समेत केही समस्या उत्पन्न भएको यो परिस्थितीलाई सबैले ध्यान दिनुपर्ने देखिन्छ ।
अँझैपनि राष्ट्रपति लगायतका बिषयहरुमा सहमतीका केही प्रयासहरु गर्न सकेमा र नेपाली काँग्रेसलाई समेत साथमा लिन सकेमा प्रधानमन्त्रीको चुनावमा काँग्रेसले देखाएको पछुतोलाग्दो सहमतीले आम नेपाली राजनेता र आम नेपालीलाई भोलीका दिनहरुमा सिकाई हुने देखिन्छ ।








